कागेश्वरी मनोहरा नगरपालिका अध्यक्षको निधन

शुक्रबार, मंसिर १९, २०८२

कागेश्वरी मनोहरा नगरपालिका–७ का वडाध्यक्ष भीमसेन थापाको निधन भएको छ । 

हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा थापाको बिहीबार निधन भएको हो ।

वडाध्यक्ष थापाको निधनमा नगरपालिकाले पालिकाअन्तर्गतका वडा कार्यालय, अत्यावश्यक सेवाबाहेकका स्वास्थ्य संस्था, आयुर्वेद औषधालय, संस्थागत तथा सामुदायिक विद्यालयमा आज सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०८२  ०९:४५
प्रतिक्रिया दिनुहोस्