सोसल मिडिया
युनिकोड
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभाको चुनावमा भाग लिने दलको संख्या ११७ रहेको निर्वाचन आयोगले जनाएको छ । जम्मा १४३ वटा राजनीतक दल अद्यावधिक भए पनि २६ वटा राजनीतिक दलले भने अद्यावधिक गराएर चुनावमा भाग भने लिने छैनन् ।
चार तारे कांग्रेसले निर्वाचनमा भाग लिने भएपनि छ तारे कांग्रेस नेपाल समाजवादी कांग्रेसले भाग नलिने भएको छ।
निर्वाचन आयोगका अनुसार राजनीतिक दलको रुपमा दर्ता भए पनि आगामी प्रतिनिधिसभाको चुनावमा भाग नलिने राजनीतिक दलहरू निम्न रहेका छन्:
चुरेभावर लोकतान्त्रिक पार्टी राष्ट्रिय एकता पार्टी प्रजातन्त्रवादी नेपाली ग्रिन्स पार्टी मधेश तराई फोरम आधुनिक नेपाल समाजवादी पार्टी जनसेवा लोकतान्त्रिक पार्टी नेपाल राष्ट्रवादी पार्टी मधेशी जनअधिकार फोरम मधेश शिवसेना नेपाल समाजवादी कांग्रेस बहुजन समाज पार्टी नेपाल जनराष्ट्रवादी पार्टी नेपा राष्ट्रिय पार्टी राष्ट्रिय एकता मञ्च नेपालवाद आम आदमी पार्टी नेपाल राष्ट्रिय समाजवादी पार्टी नेपाल माओवादी कम्युनिस्ट पार्टी नेपाल माओवादी जनमुक्ति पार्टी नेपाल नेसनलिस्ट पिपल्स पार्टी नेपाल कम्युनिस्ट पार्टी लोकतान्त्रिक नेपाल कम्युनिस्ट पार्टी परिवर्तन नेपाल विवेकशील पार्टी नेपाल कम्युनिस्ट पार्टी (गौरवशाली) पुनर्जागरण पार्टी नेपाल