हिजो मेयर बालेनलाई र आज पूर्वप्रधानन्यायाधीश कल्याणलाई पितृशोक

मंगलबार, मंसिर १६, २०८२

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई पितृशोक परेको छ। श्रेष्ठका बुवा कुलबहादुर श्रेष्ठको मंगलबार बिहान ९५ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

उनको आजै दिउँसो पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने भएको छ। लामो समय न्याय सेवामा बिताएका स्वर्गीय श्रेष्ठ न्यायाधीशबाट सेवानिवृत्त भएका थिए। हिजै मात्र काठमाडौँ महानगरका मेयर बालेन्द्र साहका बुबा रामनारायण साहको ७७ वर्षको उमेरमा निधन भएको छ।

वर्तमान सुशीला कार्की सरकार गठनमा बालेन र कल्याणको भूमिका रहेको चर्चा गर्ने गरिएको छ। 

प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०८२  १३:२८
प्रतिक्रिया दिनुहोस्