मधेशकी कन्चनले राप्रपा धमिलो पारेपछि राजेन्द्रले पठाए खोस्टो 

सोमबार, मंसिर १५, २०८२

राष्ट्रिय प्रजातन्त्र पार्टीले मधेश सरकारमा वन तथा वातावरण मन्त्री बनेकी कञ्चन बिच्छालाई प्रदेशसभा सदस्य पदबाट हटाउन प्रदेश सभालाई पत्र पठाएको छ ।

राप्रपाबाट एक मात्र प्रदेशसभा सदस्य रहेकी समानुपातिक सांसद बिच्छा कात्तिक २४ गते मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारमा विना विभागीय मन्त्री बनेकी थिइन् । पछि मंसिर ८ गते मात्रै उनले वन तथा वातावरण मन्त्रीको जिम्मेवारी पाएकी थिइन् ।

तर, राप्रपाले स्पष्टिकरण सोध्दै त्यतिबेलै बिच्छालाई सरकारबाट बाहिरिन निर्देशन दिएको थियो । तर, पार्टीको नीति नियम अटेर गरेपछि प्रक्रिया पु¥याएर राप्रपाले उनलाई प्रदेश सभा सदस्य पदबाटै हटाउन राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ बमोजिम आवश्यक कारबाहीका लागि सूचना जारी गरिदिन प्रदेश सभामा पत्र पठाएको हो ।

उपसभामुख बबिता राउत ईशरले पत्र प्राप्त भएको र कर्मचारीसहित कानून विज्ञसँग छलफल गरेर सूचना प्रकाशन गरिने बताइन् ।

प्रकाशित मिति: सोमबार, मंसिर १५, २०८२  ११:०१
प्रतिक्रिया दिनुहोस्