ओली जन्मिएको सालकै गतेलाई साईत पारेर ईश्वरले अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने

बिहीबार, मंसिर ४, २०८२

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने भएका छन्।

उनले बिहीबारको एमाले सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीलाई आफू अध्यक्षमा उम्मेदवारी दिने जानकारी गराएका हुन्।

जवाफमा अध्यक्ष ओलीले आफूले अध्यक्ष पद नछाड्ने तर पोखरेललाई उठ्नसमेत नरोक्ने बताएका थिए।

वरिष्ठ उपाध्यक्ष पोखरेलले आगामी मंसिर ८ मा सार्वजनिकसभा गरेरै एमाले अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गर्ने उनीनिकट स्रोतले जानकारी दिएको छ। उनले ओली जन्मिएको सालकै गतेलाई साईत पारेर उनले अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने दिन रोजेका छन्। 

राष्ट्रिय सभा गृहमा कार्यक्रम गरेरै अध्यक्ष पदको उम्मेदवारी घोषणा गर्ने तयारी भइरहेको स्रोतले जानकारी दिएको छ।

प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०८२  २१:५९
प्रतिक्रिया दिनुहोस्