सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री सुशीला कार्कीले आज नागरिक समाजका अगुवाहरूसँग अन्तर्क्रिया गर्ने भएकी छन् । कार्कीले आज दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अन्तर्क्रिया गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार जेन–जी आन्दोलनपछिको देशको अवस्था र २१ फागुनका लागि तय भएको निर्वाचनलगायत विषयमा अन्तर्क्रिया हुनेछ ।
प्रधानमन्त्री कार्कीले पछिल्ला समय छलफल तथा अन्तर्क्रिया कार्यक्रमलाई निरन्तरता दिँदै आएकी छन् ।