गृहमन्त्रीले डाके केन्द्रीय सुरक्षा समितिको बैठक

आइतबार, कात्तिक ३०, २०८२

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सुरक्षा व्यवस्थाबारे छलफल गर्न आज केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै छ। 

दान बहादुर कार्की प्रहरी महानिरीक्षक (आईजीपी) बनेपछि पहिलोपटक केन्द्रीय सुरक्षा समितिको बैठक बस्न लागेको हो। 

बैठक गृहमन्त्री ओम प्रकाश अर्यालको अध्यक्षतामा आज दिउँसो ३ बजे बस्ने उनको सचिवालयले जनाएको छ। 

प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०८२  १०:४३
प्रतिक्रिया दिनुहोस्