सोसल मिडिया
युनिकोड
काठमाडौं महानगरले नेपाल स्काउटको लैनचौरस्थित जग्गामा बनेको संरचनामा डोजर चलाएको छ ।
पूर्वऊर्जमन्त्री एवं कांग्रेस नेता दीपक खड्काको कम्पनी खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिकाले स्काउटको जग्गा ओगटेर राखेको संरचनामा महानगरले डोजर चलाएको हो ।
महानगरको सहयोगमा युवा तथा खेलकुद मन्त्रालयले संरचना खाली गर्न लागेको खेलकुदमन्त्री मन्त्री बब्लु गुप्ताको सचिवालयले जानकारी दिएको छ ।
युवा तथा खेलकुद मन्त्रालयले यसअघि बहाल बक्यौता तिर्न ७ दिने अल्टिमेटसहितको सूचना निकालेको थियो । पछिल्लो ताकेताको म्याद सकिएसँगै ती संरचना डोजर चलाइएको हो
स्काउटले २०६५ सालमा भाडामा दिएको ३ रोपनी जग्गामा खड्का ल्याण्डले लैनचौर ब्याङ्क्वेट खोलेको छ ।