घर गएका आइजिपी खापुङलाई जाँचबुझ आयोगको काँडेतार

बिहीबार, कात्तिक २७, २०८२

आजदेखि सेवा निवृत्त भएका नेपाल प्रहरीका आइजिपी चन्द्रकुवेर खापुङलाई विदेश जान रोक लगाइएको छ।

भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको आजको बैठकले खापुङलाई विदेश जान रोक लगाउने निर्णय गरेको हो।

साथै आयोगको अनुमतिबिना खापुङ काठमाडौं उपत्यका छाडेर बाहिर जान पनि पाउने छैनन्।

आज बिहीबारदेखि नै लागू हुने गरी उनको विदेश भ्रमणमा रोक लगाइ उपत्यका बाहिर जानसमेत आयोगको स्वीकृत लिनुपर्ने गरी पत्राचार गरिएको आयोगका सदस्य एवम् प्रवक्ता विज्ञान राज शर्माले जानकारी दिए। 581930125_1168163962171191_1866509112682369237_n-1763017806.jpg

प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०८२  १२:५७
प्रतिक्रिया दिनुहोस्