सोसल मिडिया
युनिकोड
नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतमा एमालेका संसदीय दलका नेता सरोजकुमार यादवलाई मधेस प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरिएपछि सात दल छलफलमा जुटेका छन् ।
आगामी कार्ययोजना तयार गर्न नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी एक भएर बैठकमा बसेका छन् ।
बैठकमा सात दल चार विकल्पको तयारी गरिरहेका छन् । सभामुखमाथि महाअभियोग लगाउने, प्रदेश प्रमुखलाई फिर्ता पठाउने, कानुनी बाटो र चौथो आन्दोलन घोषणा गर्ने विकल्पमा छलफलमा सात दल बसेका छन् ।