सोसल मिडिया
युनिकोड
नेकपा एमाले दोलखा जिल्ला कमिटीले केपी ओली नै पार्टी अध्यक्ष हुनुपर्ने निर्णय गरेको छ ।
११औं महाधिवेशनको तयारी भइरहेका बेला जिल्ला कमिटी बैठकले नै एमालेको अभिभावकको रुपमा ओलीको विकल्प नरहेको भन्दै ओली नै अबको महाधिवेशनबाट अध्यक्ष हुनुपर्ने निर्णय गरेको हो ।
बैठकको निर्णय सार्वजनिक गर्न आइतबार चरिकोटमा आयोजित पत्रकार सम्मेलनमा जिल्ला इन्चार्ज पार्वत गुरुङ,अध्यक्ष नरवहादुर श्रेष्ठ, वागमती प्रदेश मन्त्री भरत केसीलगायतले ओलीको निरन्तरताको निर्णय सुनाएका हुन् ।
बैठकको निर्णयमा भनिएको छ– ‘नेकपा एमालेको अभिभावकको रूपमा रहेको राष्ट्रवादी नेता कमरेड केपी शर्मा ओली नै वर्तमान नेपालको राजनीतिक नेतृत्वमा र पार्टीको अध्यक्षमा रहिरहनुपर्ने अपरिहार्यता रहेको बैठकले ठहर गरेको छ ।’ ओली नै अध्यक्ष रहिरहनुपर्ने निर्णय गर्ने दोलखा पहिलो जिल्ला कमिटी बनेको छ ।