सुकुम्बासीलाई काँधमा बोकेर दुर्गा प्रसाईले बालेनलाई वाण हान्ने 

आइतबार, कात्तिक २३, २०८२

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सुकुम्बासीका समस्यामा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध लड्ने घोषणा गरेका छन् ।

आइतबार काठमाडौँको मनोहरास्थित सुकुम्बासी बस्तीमा पुगेका उनले मेयर बालेन साहविरुद्ध लड्न आफूले सहयोग गर्ने बताएका हुन् ।

बस्ती खाली गर्न महानगरले दिएको एक हप्ताको अल्टिमेटम आज सकिँदै गर्दा प्रसाईं सुकुम्बासीहरूको समर्थनमा देखिएका हुन् । उनले मंसिर ७ गतेदेखि सुरु हुने आफ्नो अभियानमा सहयोग गर्न सबैलाई आह्वान गरे ।

सुकुम्बासीलाई लछारपछार गर्नेको घर परिवारलाई पनि त्यस्तै गर्ने भन्दै उनले सम्पूर्ण दल र बालेनलाई आफूले ठेगान लगाउने चेतावनीसमेत दिए ।
 

प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०८२  ११:४८
प्रतिक्रिया दिनुहोस्