सोसल मिडिया
युनिकोड
निकोलस भूसाल पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गोरखाबाट पक्राउ गरेको हो । भूसाल गोरखा नगरपालिका-८ सरस्वति आश्रमबाट मङ्गलवार पक्राउ परेका हुन् ।
उनलाई काठमाडौं ल्याउने तयारी गरेको छ । उनले यसअघि सामाजिक सञ्जालमार्फत विवादस्पद अभिव्यक्ति दिएका थिए ।उनले गृहमन्त्री ओम प्रकाश अर्याललाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखलाई तत्काल पक्राउ गर्न चेतावनी दिँदै ओली र लेखकलाई आफूले नछाड्ने आक्रोशपूर्ण अभिव्यक्ति दिएका थिए । प्रहरीले उनलाई निगरानीमा राखेको थियो ।