सोसल मिडिया
युनिकोड
नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक सुरू भएको छ। बैठकले माओवादी केन्द्रसहित वामपन्थी दलहरूसँग एकतालगायत विषयमा औपचारिक निर्णय गर्ने बताइएको छ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा बैठक जारी छ।
बैठकमा समसायिक राजनीतिक घटना,आगामी निर्वाचन,सरकारको काम तथा पार्टीको भूमिकामा विषयमा पनि छलफल हुनेछ। जेनजी आन्दोलन र त्यसले सिर्जना गरेका राजनीतिक प्रभावबारे पनि बैठकमा समीक्षा गरिने पार्टीका नेताहरूले बताएका छन्।