हमासले हत्या गरेका विपिन जोशीलाई प्रधानमन्त्री सुशीलाको श्रद्धाञ्जली

सोमबार, कात्तिक ३, २०८२

विपिन जोशीलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री सुशीला कार्की पनि आज (सोमबार) दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने भएकी छन्।

कृषि पढ्न कञ्चनपुरबाट २ वर्षअघि इजरायल गएका जोशी प्यालेस्टिनी लडाकु समूह हमासले अपहरण गरी गाजामा लगेर बन्धक बनाएको थियो। केही दिनअघि मात्र हमासले उनको मृत्यु भइसकेको जानकारी गराउँदै विपिनको शव इजरायललाई सुम्पेको थियो।

त्यहाँबाट उनको शव आज काठमाडौँ ल्याइँदै छ। त्यस क्रममा विपिनलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री कार्की त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने उनको सचिवालयले जनाएको छ। 

प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०८२  १२:०४
प्रतिक्रिया दिनुहोस्