सोसल मिडिया
युनिकोड
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले आजै सानो आकारको मन्त्रीपरिषद् गठन गर्ने तयारी गरेका छन्।
बुधबार लोसपासहित पाँच दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका सोनलको पद तथा गोपनियताको शपथ ग्रहण गरिसकेका छन्।
शपथ ग्रहण लगत्तै उनले सानो आकारको मन्त्रीपरिषद् गठन गर्ने तयारी गरेका गठनबन्धनमा सहभागी माओवादी केन्द्रका सांसद जवाहरलाल कुशवाहाले जानकारी दिए।
गठबन्धनमा सहभागी दलबीच मन्त्रालयको संख्या बाँडफाँडमा लगभग सहमती भइसकेको छ।
सहमतीअनुसार गठबन्धनको सबैभन्दा ठूलो दल जसपाले चार मन्त्रालय पाउने छ। त्यसैगरि जनमतले पनि चारवटै मन्त्रालयमा दाबी गरेकाे छ। माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले भने २–२ वटा मन्त्रालय पाउने सहमति पाँच दलबीच भएको छ। लोसपाबाट सोनल मुख्यमन्त्री भएकाले सो दललाई अन्य मन्त्रालय नदिने तयारी छ।