देउवाको शंख चोर्ने जेनजी लाई भद्रकालीमा मानमनितो

बिहीबार, असोज ३०, २०८२

आन्दोलनका क्रममा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवासबाट विभिन्न मालसामान चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका(६ टाँडी घर भएका २९ वर्षीय विजय लामा रहेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौँले लामालाई पेप्सीकोलाबाट पक्राउ गरेको हो। 

उनको डेरामा गरिएको खानतलासीका क्रममा चोरी भएको बुद्ध मूर्तिसहित गणेशको मूर्ति र एउटा शंख पनि बरामद भएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानबाट खुलेअनुसार, लामाले गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा देउवाको घरबाट ती सामग्री लुटेको आशंका गरिएको छ। 

उक्त दिन विभिन्न माग राखी युवाहरूको एक हुलले देउवा निवास जलाएको थियो भने उनीहरुमाथि कुटपिट गरेको थियो। 

पक्राउ परेका लामालाई हाल भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ। 
 

प्रकाशित मिति: बिहीबार, असोज ३०, २०८२  १०:२९
प्रतिक्रिया दिनुहोस्