मधेश प्रदेशका मुख्यमन्त्री सिंहले दिए राजीनामा

मंगलबार, असोज २८, २०८२

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले राजीनामा दिएका छन् । 

विश्वासको मत लिन मङ्गलवारका लागि बोलाइएको प्रदेश सभा बैठकमा उनले आफ्ना कुरा राख्दै राजीनामाको घोषणा गरेका हुन् । 

मुख्यमन्त्री सिंहले सदनमा सम्बोधन गर्दै आफ्नो कार्यकालमा भएका काम र चुनौतीहरूबारे चर्चा गरे । उनले आफ्नो सरकारले मधेश प्रदेशको विकास र समृद्धिका लागि महत्त्वपूर्ण कदम चालेको दाबी गरेका छन् । 

पछिल्लो समय सत्तारूढ गठबन्धनमा देखिएको आन्तरिक मतभेद र विश्वासको मत प्राप्त गर्ने चुनौतीका कारण उनले राजीनामा दिएका हुन् ।

प्रकाशित मिति: मंगलबार, असोज २८, २०८२  १४:५६
प्रतिक्रिया दिनुहोस्