कांग्रेस सभापति देउवा ३४ दिनपछि आज सार्वजनिक

मंगलबार, असोज २८, २०८२

जेनजी प्रदर्शनकारीको कुटपिटबाट घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज ३४ दिनपछि सार्वजनिक हुँदैछन् ।

उनी आजको केन्द्रीय कार्यसमितिको बैठकमा सार्वजनिक हुन लागेका हुन् । कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । सो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरुलाई पनि बोलाइएको छ ।

जेनजी पुस्ताको आन्दोलनको क्रममा बुढानीलकण्ठस्थित निवासमा देउवा दम्पत्तिमाथि आक्रमण हुनुका साथै घरमा आगजनी भएको थियो । लामो समय उपचार गराएर आफन्तको निवासमा बस्दै आएका देउवा आज पहिलोपटक बैठकमा सार्वजनिक हुन लागेका हुन् ।

प्रकाशित मिति: मंगलबार, असोज २८, २०८२  ०८:३८
प्रतिक्रिया दिनुहोस्