सोसल मिडिया
युनिकोड
नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै छ ।
बैठक बिहान ११ बजेका बस्ने भएको हो । यसअघि हिजो शनिबार बोलाइएको बैठक अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित गरिएको थियो ।
यसअघि शुक्रबार बसेको सचिवालय बैठकमा पार्टीको महाधिवेशन छिट्टै आयोजना गर्नेबारे विस्तृत छलफल गर्दै महाधिवेशनमार्फत उठेका सबै प्रश्नको समाधान खोज्ने र नयाँ ढङ्गले पार्टीलाई अघि बढाउने निष्कर्ष निकालेको थियो ।
जेनजी आन्दोलनपश्चात एमालेमा नेतृत्व परिवर्तनको आवाज तीव्र भइरहेको छ ।