सोसल मिडिया
युनिकोड
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले बुधबार गरेका भेटघाट र आफूले दिएका निर्देशन सार्वजनिक गरेका छन्। बिहीबार बिहान उनलेे समाजिक सञ्जालमा लेख्दै बुधबार आफूले गरेका काम बुँदागत रूपमा जानकारी गराएका हुन्।
यस्तो छ उनले सार्वजनिक गरेका काम:
म मन्त्रीले हिजो गरेको भेटघाट र दिएको मुख्य मुख्य निर्देशनहरु: १) नास्टमा २ घण्टा सम्म छलफल र ल्यावहरु अवलोकन गरियो । ३७ करोड बजेटमा २७ करोड रुपैयाँ प्रशासनिक र १० करोड रुपैयाँ अनुसन्धान र नवप्रवर्तनमा छुट्याएको रहेछ। नास्टलाई उच्चकोटीको अनुसन्धान केन्द्र कसरी बनाउने भन्ने कुराको सुझाव त्यहाँ कार्यरत सबैलाई यहि हप्ता भित्र दिन सबैलाई निर्देशन दिएको छु। भवन र ल्यावहरु उच्च कोटीका छन्। भवन र ल्याव अनुसारको उच्चकोटीको काम हुनु पर्ने कुरामा जोड दिएँ।
२) शिक्षा तथा मानव श्रोत विकास केन्द्रमा ३ घण्टा सम्म छलफल भयो। शिक्षकहरुको दखन्दी मिलान, विद्यार्थी संख्या ज्यादै न्यून रहेको विद्यालयहरु मर्ज कसरी गर्ने, विद्यालयमा योग्य र सक्षम प्रधानाध्यपकहरुको नियुक्ति गर्न देशै भरि लागु हुने गरी कार्यविधी बनाउने, अनलाईन सिकाईको लागि डिजिटल शैक्षिक सामाग्रीहरु निर्माणमा जोड दिन कार्यक्रम बनाउने ।
३) पाठयक्रम विकास केन्द्रमा २ घण्टा छलफल भयो। सामुदायिक र संस्थागत विद्यालयहरुको पाठ्यक्रमको विकास गर्दा ज्यादै नै गम्भीर भएर काम गर्नु पर्ने, पाठ्यक्रमको परिमार्जन र अध्यावधिक समयमा गर्ने, मातृभाषाको पाठ्य पुस्तकहरूको बिकासमा सहयोग गर्ने, पाठ्यपुस्तकमा नैतिक शिक्षा, व्यावहारिक शिक्षा, इतिहास, सम्बिधान सम्बन्धि ज्ञान दिने कुरालाई उच्च प्राथामिकता दिने निर्देशन दिएको छु। आगामी बर्ष देखि ९ र १० मा १०० नम्बरको कम्प्युटर विषय अनिवार्य गरिने भएकोले सोहि अनुसार पाठ्यक्रम विकास गर्न निर्देशन दिएको छु।