बयान दिएर फर्किएपछी झन् कुर्लिए महेश बस्नेत, समातेर देखाउन दिए ठाडो चुनौती 

बुधबार, असोज २२, २०८२

नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले आफूलाई पक्राउ गरेर देखाउन चुनौती दिएका छन् । एक महिलाले दिएको उजुरीको आधारमा प्रहरीको साइबर ब्युरोमा बयान दिएलगत्तै बुधबार उनले पत्रकार सम्मेलन गरी आफूलाई समातेर देखाउन सरकारलाई चुनौती दिएका हुन् ।

नेता बस्नेतले आफूहरूले अब डिजिटल फोर्स गठन गरेर जेनजी आन्दोलनको नाममा भएका आगजनी, लुटपाट र हत्याको खोजीका लागि सरकारसँग प्रहरीमा जाहेरी दिने बताए ।

"मलाई समातेर देखाउनुस् । विधिको पक्षमा, लोकतन्त्रको पक्षमा लड्नेहरू देश र जनताको पक्षमा जेल जान आफू तयार भए पनि कसैले लगाएको आरोप सह्य हुँदैन । जेनजी सरकारले आगजनी, लुटपाट र हत्यामा संलग्नहरूलाई कारबाहीको दायरामा ल्याओस्," उनले भने ।

नेता बस्नेतले सरकारले आगामी फागुन २१ गते घोषणा गरिएको निर्वाचनमाथि पनि आशंका उत्पन्न भएको बताएका छन् ।

प्रकाशित मिति: बुधबार, असोज २२, २०८२  १२:४८
प्रतिक्रिया दिनुहोस्