मुख्यसचिवले सरकारी कर्मचारीका हकमा जारी गरे यस्तो उर्दी 

शनिबार, असोज १८, २०८२

शुक्रबार रातिदेखि अविरल वर्षालाई मध्यनजर गर्दै मुख्यसचिव एकनारायण अर्यालले देशभरका सबै मन्त्रालयका सचिवहरूलाई आफ्ना मातहतका जिल्लास्थित कार्यालय प्रमुखहरूलाई अनिवार्य रूपमा कार्यस्थलमा उपस्थित गराउने व्यवस्था मिलाउन उर्दी जारी गरेका छन्। 

असोज १८ गतेसम्म अनिवार्य रूपमा कार्यस्थलमा उपस्थित गराउने व्यवस्था मिलाउन मुख्यसचिवले आजै निर्देशन दिएका हुन्। 

असोज १७ देखि २० गतेसम्म देशका विभिन्न भागहरूमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको जनाउँदै मुख्यसचिव अर्यालले मन्त्रालयहरूलाई सतर्कता अपनाउन, पूर्वतयारी र प्रतिकार्यका कार्यमा जुट्न निर्देशन दिएका हुन्।

मन्त्रालयहरू र सम्बन्धित कार्यालयहरूलाई सम्भावित विपद्‌का जोखिम कम गर्न अग्रिम तयारी गर्न तथा स्थानीय प्रशासन र सुरक्षासंस्थासँग समन्वय गरी आपत्कालीन व्यवस्थापनमा जुट्न उनले आग्रह पनि गरेका छन्। यता केहीले भने कर्मचारीलाई थप दुई दिन बिदा दिन माग समेत  गरेका छन्। यहि समयमा मुख्यसचिवले सो उर्दी जारी गरेका हुन्। 
 

प्रकाशित मिति: शनिबार, असोज १८, २०८२  १२:४७
प्रतिक्रिया दिनुहोस्