सोसल मिडिया
युनिकोड
सहरी विकास मन्त्रालयमा बेतिथीको माकुरे जालो बुन्न अपहत्ते गरेर लागिपरेका कर्मचारीलाई कोर्रा हान्न विभागीय मन्त्री कुलमान घिसिङ्गको ध्यानाकर्षण गराईएको छ। सुशासन चाहने एकथरी कर्मचारीले निवर्तमान मन्त्री प्रकाशमान सिङ्गको खातिरदारी गर्नमा खप्पिस कर्मचारीको सूची कुलमान मन्त्रीलाई बुझाएको बुझिन आएको छ।
हुन पनि प्रकाशमान मन्त्री हुँदा उनका बाबु गणेशमानको नाम जोडिएका योजनामा मनग्गे बजेट हाल्न उक्साएर अनियमितता गर्न खोज्ने र प्रकाशमानलाई बद्नाम गराउने शहरीका कर्मचारी कुलमानको निशानामा पर्ने निश्चित भएको छ। सचिव गोपाल सिग्देलदेखि प्रशासनका सहसचिव नारायण मैनाली सम्म टार्गेटमा परेका छन्।
शहरीका केही उपल्लो तहका कर्मचारी प्रकाशमानको चाक्सीबारीको जलेको घरलाई मुहार फेराउने अभियानमै जुटेको तथ्य बाहिरिएको छ। भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जन चाक्सीबारीमा झुल्किए बाटै त्यो कुरा प्रष्ट भएको छ। शहरीका कर्मचारीबाट कूत उठाउने काम गरेका अघिल्ला मन्त्रीका पीए यूपी लामिछानेको निर्देशनमा उपल्लो तहका कर्मचारी अझै काम गरिरहेका छन्। कुलमान उर्जा सहित भौतिक मन्त्री पनि भएकाले शहरीमा आक्कल झुक्कल मात्र पुग्ने गरेका छन्।
कामै नलाग्ने जलेका भवनमा रंग रोगन गरेर मौकामा चौका हान्न शहरीका उपल्लो तहका कर्मचारी लागीरहेका छन्। दशैंको मुखमा उनीहरुलाई दशैँ नै आएको छ। कन्सल्टेन्सका काम आफ्नै वा परिवारका नाम रहेका कल्सल्टेन्टबाट गराएर अकुत आर्जन गरेको आरोप खेपेका शहरीका कर्मचारीलाई कोर्रा हान्न वर्तमान मन्त्री जुटेको बुझिएको छ।