सोसल मिडिया
युनिकोड
नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता वार्ता गर्न वरिष्ठ नेता डा.बेदुराम भुसालको संयोजकत्वमा तीन सदस्यीय टोली गठन गरेको छ । टोलीमा वरिष्ठ नेता प्रमेश हमाल र उपाध्यक्ष प्रकाश ज्वाला सदस्य छन् ।
अध्यक्ष माधव नेपालद्वारा जारी अपानिमा वामपन्थी, कम्युनिष्ट र समाजवादी पार्टीहरूसँग एकताका लागि सैद्धान्तिक आधार तय गरिएको उल्लेख छ । पार्टी एकताका आधारमा पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी हुने, नेपाली क्रान्ति जनवादी चरण पूरा गरी समाजवादी चरणमा प्रवेश गरेको मान्ने र नेपाली जनता र दलाल नोकरशाही पूँजीपति वर्गबीचको अन्तर्विरोधलाई प्रधान अन्तर्विरोध मान्ने उल्लेख छ ।
मार्गदर्शक सिद्धान्त मार्क्सवाद-लेनिनवाद, सङ्गठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता र रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद हुने जनाइएको छ । साथै, नेपाली विशेषताको समाजवादी कार्यक्रम अङ्गीकार गर्ने कार्यदिशा अपनाइने छ ।
यसैबीच, माओवादी केन्द्रको बैठकले पनि समाजवादी मोर्चामा रहेका दलहरूसँग एकता पहल गर्ने निर्णय गरेको छ । दुवै पार्टीले एकताको प्रयासलाई तीव्र बनाएका छन् ।