सोसल मिडिया
युनिकोड
आउँदो फागुन २१ गते तोकिएको निर्वाचनका लागि कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न मिल्ने भएको छ । निर्वाचन आयोगले बिहीबार (असोज ९) कार्तिक ३० गतेसम्म मतदाता नामावली संकलनको निर्णय गरेको हो ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, १६ वर्ष उमेर पुगी नागरिकता प्राप्त गरेका नागरिकले सार्वजनिक बिदाको दिनबाहेक बिहान ८ देखि बेलुका ६ बजेसम्म प्रदेश, जिल्ला निर्वाचन कार्यालयमा नाम दर्ता गर्न सक्नेछन् । आयोगको बेवसाइटबाट पनि रजिष्ट्रेसन गर्न सकिने र बायोमेट्रिक दिनुपर्ने उनले बताए ।
उनका अनुसार, निर्वाचनको अघिल्लो दिनसम्म १८ वर्ष पूरा भएका, मतदाता नामावलीमा नाम दर्ता नागरिकले निर्वाचनमा भोट हाल्न पाउनेछन् । “१६ वर्ष उमेर पुगी नागरिकता पाएकाले मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने व्यवस्था छ । निर्वाचनको अघिल्लो दिनसम्म १८ वर्ष पूरा हुने नागरिकले चुनावमा भोट हाल्न पाउनुहुन्छ,” उनले बाह्रखरीसँग भने ।
फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन तोकिएको छ । फागुन २० गते १८ वर्ष पूरा भएका व्यक्तिले फागुन २१ गते भोट हाल्न पाउनेछन् ।