प्रधानमन्त्री कार्की र काठमाडौँका मेयर बालेनको एकाबिहानै के भयो कुरा ?

बुधबार, असोज ८, २०८२

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर बालेनले कार्कीसँग आधा घण्टा छलफल गरेका हुन् । उनीहरुबीच भेटमा जेनजी आन्दोलनले उठाएको माग र मुद्दामा छलफल भएको बालेन स्रोतले जानकारी दियो ।

जवाफमा प्रधानमन्त्रीले जेनजीको मागमा आफू प्रतिबद्ध रहेको बताएकी थिइन् । उनले निर्वाचन र सुशासनलाई आफूले केन्द्रमा राखेको बताएको स्रोतले जानकारी दियो ।

प्रकाशित मिति: बुधबार, असोज ८, २०८२  १३:२६
प्रतिक्रिया दिनुहोस्