गृह मन्त्रालयबाट सचिव लखेटिए, रक्षाका रामेश्वरको गृहमा इन्ट्री

मंगलबार, असोज ७, २०८२

सुशीला कार्की सरकारले तीन सचिवको सरुवा गरेको छ।  विवादित गृहसचिव गोकर्ण मणी दुवाडीलाई राष्ट्रिय योजना आयोगमा लगिएको छ भने गृह सचिवमा भने रामेश्वर दंगाललाई लगिएको छ।  दंगाल रक्षा सचिव थिए। 

योजना आयोगका सचिव सुमनराज अर्याललाई रक्षा मन्त्रालयमा सरुवा गरिएको छ। दंगाल अख्तियारमा पनि सचिव भईसकेका प्रशासक हुन्। दुवाडी मंसीर ९ गते अवकाशमा जाँदैछन्।   

प्रकाशित मिति: मंगलबार, असोज ७, २०८२  १२:५२
प्रतिक्रिया दिनुहोस्