मन्त्रीको सपथको साईत ठिक तीन बजे, को-को छानिए ?

सोमबार, असोज ६, २०८२

अन्तरिम सरकारका नवनियुक्र मन्त्रीहरूको शपथको समय एक घण्टा पर सरेको छ । यसअघि दिउँसो २ बजेका लागि तय भएको शपथ कार्यक्रम ३ बजेका लागि सारिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्रा, पत्रकार जगदिश खरेललाई मन्त्रीका लागि सिफारिस गरेकी थिईन । तर, संगीताको नाम काटिएको छ। 

तर, स्वास्थ्यमन्त्रीमा सिफारिस भएका मिश्राको नागरिकतामा विवाद र भ्रष्टाचार सम्बन्धी मुद्दामा मुछिएको भन्दै विरोध भएपछि अन्तिम समयमा आएर उनको नाम सूचीबाट हटाइएको छ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको बलमा कार्की २७ गते अन्तरिम सरकार प्रमुख नियुक्त भएका थिए ।

प्रकाशित मिति: सोमबार, असोज ६, २०८२  १३:१३
प्रतिक्रिया दिनुहोस्