धरान बाट हर्कले बालेनलाई किन हान्या हान्यै छन् घुँएत्रो 

शनिबार, असोज ४, २०८२

नेपाली राजनीतिमा यतिखेर स्वतन्त्र उम्मेदवारका रूपमा चर्चित काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरानका उपमहानगरपालिका मेयर हर्क साम्पाङबीचको जुहारीले सामाजिक सञ्जाललाई तताएको छ ।

फेसबुकमा दुवै पक्षका समर्थकहरूबीच तीखो बहस चलिरहेको छ, जसमा हर्कले बालेनलाई लगातार प्रहार गरिरहेका छन् । हर्कले बालेनलाई विदेशी दलालको संज्ञा दिएका छन् । बालेनले यस बीचमा हर्कलाई एउटै मात्र जवाफ दिएका छन् । जसमा उनले हर्कलाई आफू एकतर्फी भए पनि निरन्तर माया गरिरहने बताएका छन् ।

हर्कले भने बालेनलाई निरन्तर घोचपेच शैलीको फेसबुक पोष्टहरु हालिरहेका छन् । उनले दिनहुँ जस्तो बालेनलाई केही न केही को संज्ञा दिइरहेका हुन्छन् । यसबीचमा हर्कले बालेनलाई भनेका छन्, ‘विदेशी दलाल अझै निस्केन ? दलालका साइबर स्यालहरू कमेण्टमा रुवाबासी गरेको देख्दा नि उदेक लाग्छ मलाई !’

हर्क बालेको पछाडि जेनजी आन्दोलनपछि परेका हुन् । भदौ २३-२४ को जेननी प्रदर्शनपछि नेपालमा राजनीतिक परिवर्तन भयो । नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए । उनले राजीनामा दिएसँगै नेपालको अन्तरिम सरकारको नेतृत्व कसले गर्ने भन्ने युवाहरूले काठमाडौं महानगरका मेयर बालेनलाई हेर्न चाहेका थिए । तर बालेनले सरकारको नेतृत्व लिन चाहेनन् ।

यसैबीचमा हर्क धरानबाट आफुले राज्यको नेतृत्व लिने भन्दै काठमाडौं आए । तर, त्यो पनि भएन । यी नै घटनाक्रमबाट वाक्क भएका हर्क पछि बालेनको विरुद्धमा लागेका हुन् ।

यता अन्तरिम सरकारले पनि जेनजीले जे कारण र लक्ष्यका लागि आन्दोलन गरेका थिए । ती विषयमा कुनै काम गर्न सकेको छैन । प्रत्यक्ष कार्यकारी राष्ट्रपति, भ्रष्टाचार विरुद्ध र नेपो बेबीको विरुद्धमा जेनजीहरु सडकमा उत्रिएका थिए । प्रदर्शन उग्र बनेपछि ७४ जनाको मृत्यु हुन पुग्यो । राज्यका ऐतिहासिक संरचना जलेर खरानी भए ।

प्रकाशित मिति: शनिबार, असोज ४, २०८२  १५:२५
प्रतिक्रिया दिनुहोस्