निर्वाचनका लागि सरकार आफैंले बजेट व्यवस्थापन गर्ने अर्थमन्त्रीको दाबी

बिहीबार, असोज २, २०८२

अर्थमन्त्री रामेश्वर खनालले आगामी २१ फागुनमा हुने संघीय संसद् निर्वाचनका लागि सरकार आफैंले बजेट व्यवस्थापन गर्ने स्पष्ट पारेका छन्। 

नेपाल आर्थिक पत्रकार समाजसँगको भेटमा उनले १ खर्ब १० अर्ब रुपैयाँ बजेट रोकिएको आयोजनाबाट निकाल्न सकिने बताए।

उनका अनुसार खर्च नहुने कार्यक्रम र काम सुरु नभएका आयोजनाबाट बजेट कटौती गरिनेछ। विगतमा तीन तहको निर्वाचनमा २५ अर्ब खर्च भए पनि यसपटक त्यसभन्दा कम खर्च हुने अपेक्षा गरिएको छ। तर, जलेका पालिकाभवन र सुरक्षा व्यवस्थाका कारण खर्च केही बढ्न सक्ने सम्भावना छ।

अर्थ मन्त्रालयले निर्वाचनका लागि बजेट व्यवस्थापन तयारी पूरा गरिसकेको र क्राउड फन्डिङको विकल्प पनि खुला राखिएको मन्त्री खनालले बताए। सरकार पुनर्निर्माण, पीडित परिवारलाई सहायता, र भौतिक क्षतिको मूल्यांकनमा सक्रिय रहेको पनि जानकारी गराए।

प्रकाशित मिति: बिहीबार, असोज २, २०८२  १८:१३
प्रतिक्रिया दिनुहोस्