सोसल मिडिया
युनिकोड
विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद भवनसहित सार्वजनिक सम्पत्ति जलाइएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । बिहीबार संसद भवनको अवलोकनपछि पत्रकारहरूमाझ उनले जेनजी आन्दोलनका क्रममा भएको आगजनीलाई दुखद् दुर्घटना भने । उनले पछिल्लो क्षति र हानिबाट उठेर अघि बढ्नुपर्नेमा जोड दिए ।
संसद विघटन नगरी समस्या खोजेको भएर राम्रो हुने धारणा पनि उनले राखे । पत्रकारको प्रश्नहरूको संक्षिप्त जवाफ दिएका उनले राजनीतिक निकासका लागि सबैले पहल गर्नुपर्नेमा जोड दिए ।