दुर्गा प्रसाईले फस्न बाट निकाने जुक्ति, अर्कैतिर झोसिदिए पुल्ठो

बिहीबार, असोज २, २०८२

धर्म, संस्कृति तथा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले पछिल्लो सरकार विदेशीको षड्यन्त्रमा बनेको दाबी गरेका छन् । फेसबुकमा एक भिडियो पोस्ट गर्दै प्रसाईंले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को भूमिका र सक्रियताप्रति पनि शंका व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘पश्चिमाहरूको प्रभावले देशलाई कुन स्थितिमा पुर्‍याउँदै छ, अब हुने त्यही हो ।’ 

बालेनले नै आफूहरूलाई आन्दोलनमा सहभागी नहुन भनेको उनले स्मरण गरे । जेनजी आन्दोलनमा आफू र आफ्ना कार्यकर्ता नभएको उनले दाबी गरे ।  

‘मान्छेका घर जलाउनु, सम्पत्ति तोडफोड गर्नु, सिंहदरबार, सर्वोच्चमा आगो लगाउनु दुखदायी हो, यो घटनामा हाम्रो अभियानको पनि नाम आयो, हामी राजावादी होइनौँ’, प्रसाईंले भने, ‘हामी यो कार्यक्रममा संलग्न छैनौँ ।’

प्रकाशित मिति: बिहीबार, असोज २, २०८२  १२:३०
प्रतिक्रिया दिनुहोस्