राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा

बुधबार, असोज १, २०८२

सरकारले जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानमा राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा दिएको छ ।
 
गृह मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को यही भदौ ३० गतेको निर्णयअनुसार असोज १ गतेलाई सार्वजनिक बिदा घोषणा गरिएको हो ।
 
भदौ २३ र २४ गते जेनजी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन असोज १ गते बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिइएको हो । 

राष्ट्रिय झण्डा आधा झुकाउने मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । 

प्रकाशित मिति: बुधबार, असोज १, २०८२  ०८:३०
प्रतिक्रिया दिनुहोस्