सोसल मिडिया
युनिकोड
(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ पार्टी काममा फर्किएका छन् । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि नेपाली सेनाको सुरक्षा घेरामा रहेका प्रचण्ड आजबाट पार्टी काममा फर्किएका हुन् ।
२३ गतेको जेनजी आन्दोलनमा नयाँ बानेश्वर र सुनसरीको इटहरीमा प्रहरी दमनबाट १९ जनाको मृत्यु भएपछि त्यसको भोलिपल्ट २४ गते प्रदर्शन नियान्त्रण बाहिर गएपछि सेनाले सिंहदरबारबाट उनलाई उद्धार गरेर सुरक्षा दिएको थियो ।
अन्तरिम सरकार बनेर स्थिति सामान्य बन्न थालेसँगै उनी सोमबारदेखि पार्टी काममा फर्किएका हुन् । जसअनुसार उनी आन्दोलनकारीले ध्वस्त पारेको पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयको निरीक्षणका लागि जाने तयारीमा छन् ।