Dashain Banner
Dashain Banner

ओलीले पालो मिचेर झापालीलाई सचिव बनाए, डण्डुलाई कार्की सरकारले बढुवा गर्यो 

सोमबार, भदौ ३०, २०८२

नेपाल सरकारका वरिष्ठ सहसचिव डण्डुराज घिमिरे सचिवमा बढुवा भएका छन् । आज बसेको क्याबिनेटले श्रम मन्त्रालयमा कार्यरत घिमिरेलाई सचिवमा बढुवा गरेको हो। दुई महिना पहिल्यै सचिव बढुवाका लागि एक नम्बरमा सिफारिश गरिएका घिमिरेलाई पन्छाएर ओली सरकारले झापाली खगेन्द्रप्रसाद सुवेदीलाई सचिवमा बढुवा गरेको थियो। 

महालेखा नियन्त्रक रघुराम विष्टले अनिवार्य अवकाश पाएपछि रिक्त स्थानमा सुवेदीलाई बढुवा गर्दा दोलखाका घिमिरे एक नम्बरमा सिफारिशमा परेका थिए। दुई नम्बरमा रहेका सुवेदीले पालो मिचेपछि बल्ल घिमिरेले सचिव हुने अवसर पाएका हुन्। 

पहिलो नम्बरमा घिमिरे दोश्रोमा सुवेदी र तेश्रोमा कृष्णप्रसाद काप्रिको नाम सिफारिस भएको थियो । पहिलो हुँदा भदौ १८ गते उमेरहदले घर जाने सुवेदीले पालो मिचेपछि घिमिरे उनै सुवेदी घर गएपछि सचिव भएका हुन्। अब शिक्षा सेवाका कृष्ण काप्री र वैकुण्ठ अर्याल सचिव हुने छन्। 

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव भरतमणि सुवेदीले राजीनामा दिएपछि रिक्त बनेको पदमा सचिवको बढुवा हुनेछ। 

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  २१:२४
प्रतिक्रिया दिनुहोस्