वार्ता गर्न समिति बनाउन र एजेन्डा निश्चित गर्न जेनजी समूह बैठकमा

बुधबार, भदौ २५, २०८२

सेनाको पहलमा राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्ता गर्न समिति बनाउन र एजेन्डा निश्चित गर्न जेनजी समूह बैठकमा बसेको छ।

बैठकमा सहभागी एक सदस्यका अनुसार ठूलो संख्यामा जेनजी समूह वार्ता समिति बनाउन र एजेन्डा निश्चित गर्न भर्च्युअल बैठकमा बसेका हुन्।

बैठकमा वार्ता टोली गठन गर्ने विषयमा छलफल भइरहेको र कस्तो एजेन्डा प्रमुख गर्नेबारे छलफल भइरहेको ती सदस्यले बताए।
वार्तामा कसरी प्रस्तुत हुने, शासकीय स्वरूप कस्तो बनाउने, नयाँ सरकार कसरी बनाउने, शासन अवधि कस्तो हुने लगायतका विषयमा छलफल भइरहेको हो।

वार्ता टोलीको नेतृत्व कसले गर्ने र कति जना जाने भन्ने विषय पनि वार्ता टोलीले तय गर्ने छ। प्रधानसेनापति अशोकराज सिग्देल र राष्ट्रपति रामचन्द्र पौडेलले वार्ताका लागि जेनजी समूहसँग मंगलबार नै आह्वान गरेका हुन्।

प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२  १५:२४
प्रतिक्रिया दिनुहोस्