सोसल मिडिया
युनिकोड
जेनजी आन्दोलनकारीले पूर्व प्रधानमन्त्री झलनाथ खनालको डल्लु स्थित घरमा आगो लगाएपछि त्यहि आगोमा परेर घाईते भएकी खनाल पत्नीको अवस्था सुधारोन्मुख छ। खनालकी पत्नी रविलक्ष्मी चित्रकार अहिले उपचाररत छिन् ।
उनको मृत्यु भएको हल्ला चलेपनि उनको अवस्था सुधार हुने चरणमा रहेको अस्पताल स्रोतले बताएको छ।
उनलाई उपचारका लागि कीर्तिपुरस्थित बर्निङ अस्पतालमा राखिएको छ । चिकित्सकले उनलाई खतरामुक्त भनेका छन्। श्रीमतीको हेरचाहमा खनाल स्वयम् खटिएका छन्।