सोसल मिडिया
युनिकोड
सत्तारुढ दल नेपाली कांग्रेसले कानुन नबनाउँदासम्म सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा कडाइ गर्न नहुने निर्णय गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा आज बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कानुन नबनाउँदासम्म सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा कडाइ गर्न नहुने निर्णय गरेको हो ।
नेता बलबहादुर केसीले सरकारको पोजिसन बुझेर सर्वोच्चको परमादेश अनुसार कानुन नबनाउँदासम्म सामाजिक सञ्जाल बन्दको निर्णयमा कडाइ नगर्ने निर्णय भएको जानकारी दिए ।
त्यस्तै बैठकले सामाजिक सञ्जाल बन्दका विषयमा सरकारसँग छलफल गरी विकल्प खोज्ने समेत निर्णय गरेको छ । नेपालमा दर्ता नभएका फेसबुक लगायत सामाजिक सञ्जाल बन्द गरेसँगै सरकारको चौतर्फी विरोध भइरहेका बेला कांग्रेसले उक्त निर्णय गरेको हो ।