सोसल मिडिया
युनिकोड
नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्ने प्रचार विभागप्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
भदौ २०–२२ मा गोदावरीमा हुने विधान महाधिवेशनबारे छलफलका लागि बैठक बस्न लागेकाे उनले बताए ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदनमाथि छलफल हुनेछ ।
“केन्द्रीय सचिवालयमा सबै दस्ताबेज प्रस्ताव गरेर विधान महाधिवेशनमा जानेछ,” उनले भने ।
केन्द्रीय कमिटी बैठक बस्ने बताइए पनि समय अभाव भएकाले बस्न सकेको उनको भनाइ छ ।
“हामीले यसअघिको केन्द्रीय कमिटी बैठकको सुझाव लिइसकेका छौँ । विधान महाधिवेशनका प्रतिनिधि सार्वभौम हुनुहुन्छ । आफ्ना कुरा त्यही राख्न सक्नुहुन्छ,” गौतमले भने ।