एमालेबाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको निधन

शनिबार, भदौ १४, २०८२

लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको निधन भएको छ । शनिबार (भदौ १४) उपचारका क्रममा काठमाडौंको महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उनको निधन भएको पार्टीले जनाएको छ ।

रुकुम पूर्वको तकसेराकी पुनलाई स्वास्थ्य समस्या देखिएपछि काठमाडौं ल्याईएको थियो । अस्पतालमा शल्यक्रियापछि छोरीलाई जन्म दिएकी उनको मुटुमा कृत्रिम भल्भ प्रत्यारोपण गरिएको थियो ।

पुन नेकपा (एमाले)बाट समानुपातिक प्रणालीमार्फत लुम्बिनी प्रदेशसभामा निर्वाचित भएकी थिइन् ।

प्रकाशित मिति: शनिबार, भदौ १४, २०८२  २१:३९
प्रतिक्रिया दिनुहोस्