सोसल मिडिया
युनिकोड
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई दिइएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिनका लागि आज बिहान चीन प्रस्थान गरेपछि सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो।
सिंह ओली नेतृत्वकाे सरकारमा दाेस्राे वरीयतामा छन्।
राष्ट्रपति कार्यालयले सूचना जारी गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको सिफारिसमा सिंहलाई कार्यवाहक प्रधानमन्त्री तोकेको हो।