कुलिङ पिरियडमा पिल्सिएका रामहरि बने संसदीय सुनुवाई समितिको सभापति

शुक्रबार, भदौ १३, २०८२

नेपाली काँग्रेसका सांसद रामहरि खतिवडा संसदीय सुनुवाई समितिको सभापति चयन भएका छन्। 

आजको प्रतिनिधि सभा बैठकमा उपसभामुख इन्दिरा रानाले खतिवडाको नाम प्रस्ताव गरेकी थिइन्, जसलाई सर्वसम्मतिले अनुमोदन गरिएको हो ।

यसअघि राज्य व्यवस्था तथा सुशासन समितिको नेतृत्व गरेका खतिवडाले संघीय निजामति सेवा विधेयकमा ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानमा भएको त्रुटीको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका थिए। त्यसपछि कांग्रेसकै सांसद ईश्वरीदेवी न्यौपाने सो समितिको सभापति बनेकी थिइन्।

हाल न्यौपानेले संसदीय सुनुवाई समितिको सभापति पदबाट राजीनामा दिएर राज्य व्यवस्था समितिमा गइसकेकी छन्। यसरी दुबै समितिको सभापति अदला–बदली भएका छन्।

प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०८२  १७:१०
प्रतिक्रिया दिनुहोस्