भण्डारीले अन्यथा गर्दा ओलीले हिसाबकिताब गर्ने

बिहीबार, भदौ १२, २०८२

एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ २० गतेदेखि सुरु हुने पार्टीको विधान महाधिवेशनमा फरक मतलाई निस्तेज पार्न कसरत तीव्र पारेका छन्।

पार्टीमा विद्या भण्डारीलाई औपचारिक रुपमा प्रवेश निषेध गरे पनि त्यो समूहबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा फरक प्रस्ताव ल्याउने तयारी गरेका छन्।

अध्यक्ष ओली भने त्यसलाई रोक्ने रणनीतिमा लागेका छन्। विधान महाविधेशन केन्द्रित विषयमा छलफल गर्न भदौ १३ गते आह्वान भएको केन्द्रीय कमिटी बैठक स्थगित गरेर ओलीले नेता तथा कार्यकर्ताहरुलाई समूह समूहमा भेटेर विद्या पक्षले गर्न सक्ने क्रियाकलापन रोक्न लागि परेका छन्।

त्यसै क्रममा ओलीले बुधबार काठमाडौँबाट विधान अधिवेशनका प्रतिनिधिहरुलाई बालुबाटार प्रशिक्षणमा बोलाएर लामो प्रशिक्षण दिएका छन्। एमाले काठमाडौँ जिल्ला अध्यक्ष दीपक निरौलाका अनुसार पालिटब्युरो सदस्य रामेश्वर फुयालको अग्रसरतामा प्रतिनिधिहरु बालुवाटार पुगेका थिए।

भेटमा ओलीले विद्या भण्डारीको पार्टी प्रवेशका विषयमा निकैबेर धारणा राखेको निरौलाले जानकारी दिए। ओलीले आफूले नै विधान महाधिवेशनमा सही विचार प्रस्तुत गर्ने भएकाले अरुले ल्याउनु नपर्ने तर्क गरे।

उनको भनाइ उद्धृृत गर्दै निरौलाले भने, ‘सही विचार प्रस्तुत गर्छु। फरकमत राखिरहनु पर्दैन त्यही पेस गर्छु । यो इतिहास हो । इतिहासको रुपमा आउछ । यो नीतिका रुपमा आउछ ।’ तीन चल्ने अधिवेशनमा आफूले भने भन्दा फरक ढंगले प्रस्तुत भए महाधिवेशनमा हिसाब गर्ने धम्की पनि ओलीले दिए। ओलीले भने, ‘एकदिन दस्ताबेज प्रस्तुत एक दिन छलफल एक दिन समापन हुन्छ। विधान अधिवेशन एकताको अधिवेशन हुन्छ अन्यथा गरे महाधिवेशनमा हिसाब किताब गरिन्छ ।’

ओलीले भेटमा २०५४ सालमा पार्टी फुटको प्रसंग निकाल्दै वामदेवका कारण दुई तिहाइ बहुमत गुमेको दाबी गरे। उनले अहिले पनि पार्टीमा पूर्वराष्ट्रपति भण्डारीको फोटो राखेर धन्दा चलाइएको, पार्टी सदस्यताका लागि निवेदन नै परेकाले खाएको भन्ने दाबी नमिलेको बताए।

प्रकाशित मिति: बिहीबार, भदौ १२, २०८२  १०:५४
प्रतिक्रिया दिनुहोस्