माओवादीको पदाधिकारी बैठक तारन्तार स्थगित

आइतबार, भदौ ८, २०८२

नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक फेरि स्थगित भएको छ । आज दिउँसो २ बजेका लागि बोलाइएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको हो ।

सचिव गंगानारायण श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्थताका कारण बैठक स्थगित गरिएको जानकारी दिए । यसअघि बिहीबार बोलाइएको बैठक समेत स्थगित भएको थियो ।

प्रकाशित मिति: आइतबार, भदौ ८, २०८२  १३:५०
प्रतिक्रिया दिनुहोस्