पूर्वराष्ट्रपति विद्यालाई चौबिस क्यारेटकै एमाले हुने झन् चर्को रहर 

बिहीबार, भदौ ५, २०८२

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले निरन्तर एमालेकै कार्यकर्ता भएर काम गर्न चाहेको बताएकी छन् । उनले पार्टीले आफूलाई रोक्न खोजेपनि निरन्तर काम गरिरहने पनि बताइन् । 

बिहीबार सम्पर्क कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, ‘नेकपा एमालेले मार्गदर्शक सिद्धान्तको रूपमा जनताको बहुदलीय जनवादलाई लिएको छ । त्यसको मर्म र भावनाअनुसार हामीले काम गर्ने हो ।’ उनले त्यो भावनाअनुसार काम भयो कि भएन भनेर समीक्षा गर्ने समेत बताइन् । 

प्रकाशित मिति: बिहीबार, भदौ ५, २०८२  २१:२३
प्रतिक्रिया दिनुहोस्