सोसल मिडिया
युनिकोड
खानेपानी मन्त्री प्रदीप यादवले मन्त्रालयका सचिव प्रमिलादेबी शाक्य बज्राचार्यसँग आर्थिक वर्ष २०८२/८३ का लागि वार्षिक कार्यसम्पादन सम्झौता गरेका छन् ।
मन्त्रीको कार्यकक्षमा आज भदौ ३ गते मन्त्री यादवले सचिवसँग कार्यसम्पादन सम्झौता गरेका हुन्।
सम्झौताअनुसार, मन्त्रालय अन्तर्गतका कार्यक्रमहरूलाई समय, लागत र गुणस्तर अनुसार कार्यान्वयन गर्ने लक्ष्य लिइएको छ। सो सम्झौता सरकारको नीति तथा कार्यक्रम, बजेट वक्तव्य, र दिगो विकासका लक्ष्यअनुसार गरिएको मन्त्री यादवले बताए।
तीनै तहका सरकारहरूको क्षमता अभिवृद्धि गर्दै शहरी तथा ग्रामीण क्षेत्रमा सुरक्षित खानेपानी तथा सरसफाइ सेवा विस्तार गर्न, फोहोर पानीको संकलन, प्रशोधन तथा व्यवस्थापनमा विशेष ध्यान दिइने यादवको भनाई छ। विसं २१०० सम्म सबै नेपालीलाई सुरक्षित पानी र सरसफाइ सेवा उपलब्ध गराउने संकल्प खानेपानी मन्त्रालयले लिएको छ ।
सम्झौताको इमानदारीपूर्वक कार्यान्वयन गर्न सम्बन्धित पदाधिकारीहरूलाई मन्त्री यादवले विशेष निर्देशन समेत दिएका छन्। ओली क्याबिनेटमा खानेपानी मन्त्री यादव कामकाजी मत्रीका रुपमा चिनिएका छन् ।