उपसभामुख इन्दिरालाई महाभियोग, काँग्रेस-एमालेले मिलाए चाँजोपाँजो

मंगलबार, भदौ ३, २०८२

प्रतिनिधिसभाको उपसभामुख इन्दिरा रानाविरुद्ध महाअभियोग लगाउन कांग्रेस-एमाले सहमत भएका छन्। त्यसैका लागि 

एमालले संसदीय दलको बैठक बोलाएको छ । बैठक आजै बस्नेछ। यस्तै नेपाली कांग्रेसले पनि पदाधिकारी बैठक बोलाएको छ । बैठक सकिएलगत्तै उसले आफ्ना सांसदहरुलाई सिंहदरबार बोलाएको छ ।

सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस र एमालेका नेताहरुबीच उपसभामुखविरुद्ध पद अनुसार आचरण नगरेको भन्दै हटाउने समझदारी जुटेको स्रोतको भनाइ छ ।

बैठकमा प्रधानमन्त्री केपीशर्मा ओली, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखकलगायतका नेताको सहभागिता थियो । 

उपसभामुख रानालाई पदीय आचरणअनुसार काम नगरेको आरोप दुई दलको छ । उपसभामुखलाई हटाएर कांग्रेसले उक्त जिम्मेवारी लिने भएको छ। संवैधानिक परिषदमा उपसभामुख सदस्य हुने भएकाले पनि कांग्रेसले सो पद हत्याउने भएको हो। 

उपसभामुख हेरफेरपछि ओलीले केही मन्त्री हेरफेर गर्ने बुझिएको छ। 

प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२  १०:४८
प्रतिक्रिया दिनुहोस्