जोईपोईको झगडाले नाउपा रुपन्देहीको उपचुनावका लागि अयोग्य 

सोमबार, भदौ २, २०८२

रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को आसन्न उपचुनावमा २६ दलले भाग लिन पाएका छन् । निर्वाचन आयोगले चुनावका लागि दल दर्ता गराएकोमा रित पुगेका २६ दलको नाम सार्वजनिक गरेको छ । 

२७ दलले दल दर्ताका लागि निवेदन पेश गरेकोमा रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) भने उपचुनावको लागि अयोग्य ठहरिएको छ । नागरिक उन्मुक्ति पार्टीले दर्ताका लागि पेश गर्नुपर्ने विवरण पेश नगरेकाकाले अयोग्य ठहरिएको आयोगले जनाएको छ । नाउपाले केन्द्रीय समितिको निर्णय लगायतका विवरण पेश नगरेको आयोगले जनाएको छ । 

पार्टीको आन्तरिक विवादका कारण नाउपाका दुई समूहले छुट्टाछुट्टै निवेदन दर्ता गराएको थियो । नाउपाबाट संरक्षक रेशमलाल चौधरी पक्षबाट रामलाल डगौराले साउन २३ र अध्यक्ष रञ्जिता श्रेष्ठले अन्तिम दिन २७ गते दल दर्ताको निवेदन दिएकी थिइन् ।

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  २०:४८
प्रतिक्रिया दिनुहोस्