विद्यालय शिक्षा विधेयक भदौ ५ गते टुंगो लाग्ने, ६ गते संसदमा पेस हुने

सोमबार, भदौ २, २०८२

विद्यालय शिक्षा विधेयक भदौ ६ गतेको संसद् बैठकमा पेस गर्ने तयारी भएको छ । विधेयकको प्रतिवेदन भदौ ५ गते प्रतिनिधिसभा अन्तरगतको शिक्षा समितिको बैठकबाट पारित गरेर विधेयक भदौ ६ गतेको बैठकमा पेस गर्नेगरी तयारी भएको हो । 

सोमबार बसेको समिति बैठकले प्रतिवेदन पारित गर्नका लागि भदौ ५ गते ८ बजेका लागि बोलाइएको समितिका सभापति अम्मरबहादुर थापाले जानकारी दिए । बैठकमा शिक्षमन्त्री रघुजी पन्तसहितका सरकारी अधिकारीहरुसँग समितिले छलफल गरेको थियो ।

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  २०:३४
प्रतिक्रिया दिनुहोस्